January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

आईसीयू कुर्दाकुर्दै ६ जना कोरोना संक्रमितको मृत्यु

आईसीयू कुर्दाकुर्दै ६ जना कोरोना संक्रमितको मृत्यु

वैशाख २९, काठमाडौं ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयू र एचडीयू बेड कुर्दाकुर्दै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका ५ जनाको आईसीयु र एचडीयू बेड कुर्दाकुर्दै मंगलबार राति मृत्यु भएको हो । एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मंगलबार इमर्जेन्सीमा आएका तानसेन १४ का ३८ वर्षिय पुरुष रहेका छन् उनको मंगलबार राति ११ बजे मृत्यु भएको थियो । त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३५ बजे, बैशाख २६ गतेदेखि इमर्जेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको थियो । मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिएका छन् ।

बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पु¥राएपछि राति ७ बजे मृत्यु भएको हो । डा. गौतमका अनुसार मृतक सबैमा उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएको थियो । बुधबार थप भएका मृतकसँगै रूपन्देहीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ सय ९९ पुगेको छ । अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालको ३६ वटा एचडियू, १६ वटा आईसियू, फिभर क्लिनिकमा ७ र कोभिड ईमर्जेन्सीमा ३८ वटा बेडमा कोरोना संक्रमीत उपचाररत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

Advertisement