January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु

वैशाख ३०, काठमाडौं ।
सगरमाथा आरोहणका क्रममा बुधबार दुई जना विदेशी आरोहीको मृत्यु भएको छ । आरोहणका स्वीट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लियूको मृत्यु भएको विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन् । अमेरिकी आरोही ५५ वर्षीय पुवे लियूको पनि बुधबार राति १२ बजे निधन भएको हो ।

उनको मृत्यु ७ हजार ९ सय मिटर उचाइमा रहेको चौथो क्याम्पमा भएको हो । चौथो क्याम्प भन्दामाथि हिलारी स्टेप उक्लिँदै गर्दा आरोही लियूले थकान र स्नो–ब्लाइन्डनेस (हिउँका कारण हुने अन्धोपना) को सामना गर्नु परेको थियो । आरोही लियू आवश्यकताभन्दा बढी अक्सिजन र अतिरिक्त शेर्पाका साथ साउथ कोलसम्म पुगेका थिए । उनलाई अप्ठ्यारो भएपछि चौथो क्याम्पमा झारिएको थियो ।

यस्तै ४० वर्षीय अब्दुल सगरमाथा आरोहण गरेर फर्कने क्रममा साउथ समिटमा बसेका थिए । बसेको ठाउँमै उनको बुधबार बेलुकी ८ बजे ज्यान गएको हो । बुधबार मात्रै ७० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो याममा मात्रै एक सय ८२ जनाले सगरमाथा आरोहण गरिसकेका छन् । यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ ।

Advertisement