January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

कोरोनाविरुद्ध लड्न अमेरिकाद्वारा नेपाललाई ३२ करोड सहयोग घोषणा

कोरोनाविरुद्ध लड्न अमेरिकाद्वारा नेपाललाई  ३२ करोड सहयोग घोषणा

वैशाख ३०, काठमाडौं ।
कोभिड–१९ विरुद्धको नेपालको लडाइँमाअमेरिकाले नेपाल सरकारलाई करिब ३२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकाको इन्डो–प्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन सरकारलाई २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको हो ।

सन् २०२० को अप्रिल यता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तर्गत कोभिड–१९ को उपचार तथा व्यवस्थापनको लागि ५८ लाख डलर (करीब रु. ६७ करोड) बराबरको सहयोग गरेको जनाएको छ । यो सहयोग रकमअन्तर्गत पीपीई, आइसोलेशन सेन्टरका सामाग्री, अक्सिजन, बिभिन्न उपकरण, टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरू तथा अन्य अत्यावश्यक सामान रहेको जनाएको छ । योसँगै युएसएआइडी समेत अमेरिकी सरकारका बिभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको जनाइएको छ ।

Advertisement