March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कोरोनाका कारण एकैदिन २१४ जनाको मृत्यु, थप ८ हजार ९६० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर काेराेना भाइरसकाे सङ्क्रमणबाट थप दुई सय १४ जनाकाे ज्यान गएकाे छ । यसअघिकाे विवरण र पछिल्लाे २४ घण्टामा समेत गरी दुई सय २४ जनाकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार चार सय ६६ पुगेकाे छ । 

यस्तै पछिल्लाे २४ घण्टामा आठ हजार नाै सय ६० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । १९ हजार चार सय ७४ जनाकाे पीसीआर र सात सय ७१ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ हजार नाै सय ६० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । याेसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेकाे छ । 

यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेकाे छ । अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना सक्रिय सङ्क्रमित छन् ।  

Advertisement