January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

भाइरस संक्रमणबाट २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमण

भाइरस संक्रमणबाट २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमण

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।
यस्तै पछिलो २४ घण्टामा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा गर्दा उत्त संक्रमित पुष्टी भएको हो । यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । कोरोना संक्रमित हुनेमा सबैभन्दा धेरै काठमडौमा २४५८, ललितपुरमा ५५६, रूपन्देहीमा ५५२, मोरङमा ४३४ र भक्तपुरमा ३३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ९ वर्ष मुनिका १९२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, १० देखि १९ वर्ष उमेर समूहका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement