April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट विश्वभर ३३ लाख ७० हजारभन्दा बढीको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर ३३ लाख ७० हजारभन्दा बढीको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण विश्वभर ३३ लाख ७० हजार ७४३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ९९ हजार २९९, ब्राजिलमा चार लाख ३३ हजार ७८५, भारतमा दुई लाख ६६ हजार २२९, मेक्सिकोमा दुई लाख १९ हजार ९०१, युकेमा एक लाख २७ हजार ६६८ र इटलीमा एक लाख २३ हजार ९२७ जनाको मृत्यु भएको छ।

विश्वभर १४ करोड १४ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.०३५ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ ।होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ । यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Advertisement