January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

अक्सिजन सिलिन्डर लिन वायुसेवा निगमको वाइड बडी जहाज ओमान उड्यो

अक्सिजन सिलिन्डर लिन वायुसेवा निगमको वाइड बडी जहाज ओमान उड्यो

काठमाडौं । अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज ओमान उडेको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त गरिएको ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज आज बिहान त्यसतर्फ उडेको हो । जहाज साँझ नै काठमाण्डौ आइपुग्ने नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।


नेपालमा ५ सय ५० वटा अक्सिजन सिलिण्डर पठाउन मध्यपूर्वका गैरआवासीय नेपालीहरुले ७५ लाख रुपैयाँ बराबरको सामान जुटाएको गैरआवासीय नेपाली संघले जनाएको छ । ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको समन्वयमा उक्त कार्य भएको हो । सिलिण्डरहरु ओमानमा जम्मा गरिएको छ । उत्त स्वास्थ्य सामग्री नेपाल ल्याएर उक्त विमान अन्य समान लिनको लागि चीन उडने छ ।

Advertisement