May 21, 2022, Saturday
७ जेष्ठ २०७९, शनिबार

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण पुष्टि

जेठ ३, काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २१४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोमबार ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । २२ हजार ८७ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । कूल संक्रमित संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।

Advertisement