February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

भारतमा कोरोना संक्रमणका कारण एकैदिन ५ हजार ३ सय २९ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणका कारण एकैदिन ५ हजार ३ सय २९ जनाको  मृत्यु

जेठ ४, काठमाडौं
भारतमा पछिल्लो २४ घण्टामा भारतमा ५ हजार ३ सय २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा सो अवधिमा मृत्यु हुनेको यो संख्या हालसम्म कै उच्च हो । यसअघि मे १२ मा ४ हजार २ सय ५ को मृत्यु भएको थियो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ७८ हजार ७ सय १९ पुगेको छ ।

Advertisement

यस्तै यस अवधिमा ४ लाख बढी कोरोना संक्रमणमुक्त भएका छन् । यस अवधिमा ४ लाख २२ हजार ४ सय ३६ ले कोरोना जित्न सफल भएका हुन् । योसंगै भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई करोड १५ लाख ९६हजार ५ सय १२ पुगेको छ ।

यस्तै पछल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै दुई लाख ६३ हजारमा झरेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १८ लाख ६९ हजार २ सय २३ परीक्षणहरुमध्ये दुई लाख ६३ हजार ५ सय ३३ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या २ करोड १५ लाख ९६ हजार ५ सय १२ पुगेको छ ।

भारतमा हाल ३३ लाख ५३ हजार ७ सय ६५ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म १८ करोड ४४ हजार ५३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।