थप ८ हजार २०३ जना संक्रमित थपिए, १९६ जनाको मृत्यु
जेठ ४, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ८ हजार २०३ जना संक्रमित थपिएका छन् । २० हजार ९७९ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा उक्त संक्रमित थपिएको स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६९३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार एन्टिजेन परीक्षणबाट ६७ जनामा कोरोना संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको हो।
नेपालमा कूल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । यस अवधिमा ६ हजार ८९१ निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १४ हजार पुगेको छ । यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ भने मृतकको कुल संख्या ५४११ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६३५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय संक्रमित संख्या २७ हजार ३३९ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २७ हजार ३३९, भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६ हजार ९९० सक्रिय संक्रमित छन् ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । भाइरसका कारण अहिलेसम्म ५ हजार ४११ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्