नेपालमा देखियो अति खतरनाक भेरियन्ट, सबै उमेर समूहका लागि खतरनाक
नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पत्ता लागेको छ । नेपालमा भेटिएको नयाँ भेरियन्ट कोरोना महामारीमा प्रभाव पर्ने मध्येको तेस्रो स्वरुप हो । यसलाई हालसम्मकै सबैभन्दा बढी प्रभावकारी मानिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।
योसँगै नेपालमा परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको छ ।
प्रतिकृया दिनुहोस्