March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

दाउन्नेमा बस दुर्घटना हुदा चारजनाको मृत्यु, ४९ जना घाइते

दाउन्नेमा बस दुर्घटना हुदा चारजनाको मृत्यु, ४९ जना घाइते

जेठ ५, काठमाडौं ।
पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम जाँदै गरेको बस दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत सो खण्डको बाँस खोलामा आज विहान साढे ५ बजे ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक चारमध्ये रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका ४ बस्ने ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ । दुर्घटनामा घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement