March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

गुल्मीमा ९१ जनाको स्वाब परीक्षण गदा एउटै टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा ९१ जनाको स्वाब परीक्षण गदा एउटै टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि

जेठ ४, काठमाडौं ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर ६ फोक्सिङको लम्करा टोलका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोलका ९१ जनाको स्वाब परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

एउटै टोलमा ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मापदण्डहरुलाई कडाइसाथ लागु गरिएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको थापाले बताए । संक्रमितहरु होम आइसोलेसनमा छन् । संक्रमण हुनेमा एक वर्षदेखि ९० वर्षसम्मका रहेका छन् ।

गुल्मीमा सक्रिय संक्रमितको संख्या एक हजार १०८ रहेको छ । यस्तै संक्रमणका कारण हानलसम्म ५९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement