March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नवलपरासीमा प्रहरीको गोली लागेका युवकको मृत्यु

नवलपरासीमा प्रहरीको गोली लागेका युवकको मृत्यु

जेठ ५, काठमाडौं ।
नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल पु¥याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते भएका छन् । सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ ।

Advertisement