February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

थप २४६ जनाको मृत्यु, आठ हजार १७३ जनामा संक्रमण पुष्टि

थप २४६ जनाको मृत्यु, आठ हजार १७३ जनामा संक्रमण पुष्टि

जेठ ५, काठमाडौं ।
नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार १७३ जना संक्रमित थपिएकोे बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिए ।

यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement