भारतले अक्टोबर अगाडी खोप निर्यात गर्न नसक्ने
कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। मंगलबार सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई यो वर्षको अन्त्यतिरबाट मात्रै खोप दिन सकिने आशा व्यक्त गरेका छन् । त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका नागरिकका लागि दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने अन्योल उत्पन्न भएको छ।
मुलुकमा खोपको माग अत्यधिक भएकाका कारण निर्यातमा ढिलाई हुने त्यहाँको तीन तहको सरकारलाई उद्धत गर्दै रोयटर्सले जनाएको छ । कोभ्यासले कम विकसित मुलुकका २० प्रतिशत जनताका लागि निशुल्क खोप उपलब्ध गराउने गर्दछ । संक्रमितको संख्यामा तिव्र बृद्धि भएसँगै भारतले गत महिना खोप निर्यात बन्द गरेको थियो । जसका कारण नेपाल, बंगलादेश, श्रीलंका तथा अफ्रिका लगायतका मुलुकमा वैकल्पिक माध्यमबाट खोप खरिदको प्रक्रियामा छन् ।
प्रतिकृया दिनुहोस्