थप १९० जना कोरोना संक्रमितको मृत्यु, ८ हजार ३०५ जना संक्रमित थपिए
- वाणिज्य न्युज
- ६ जेष्ठ २०७८
223
SHARES
जेठ ६, काठमाडौं ।
पछिल्लो २४ घन्टामा नेपालमा ८ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहीवार २२ हजार ८७ पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । यस अवधिमा १ सय ९० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ । यस्तै ६ हजार ५४३ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको छ ।



-
बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
१३ माघ २०७९ -
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
१३ माघ २०७९ -
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध
१२ माघ २०७९ -
प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त
१३ माघ २०७९ -
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
११ माघ २०७९
प्रतिकृया दिनुहोस्