December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

भारतमा ४२ सय जनाको मृत्यु, २ लाख ५९ हजार संक्रमित थपिए

भारतमा ४२ सय जनाको मृत्यु, २ लाख ५९ हजार संक्रमित थपिए

जेठ ७, काठमाडौं ।
कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा ४ हजार २ सय ९ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३ सय ३१ जना पुगेको छ । त्यस्तै यस अवधिमा २ लाख ५९ हजार ५ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

यससंगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ६० लाख पुगेको छ । यस अवधिमा २ करोड २७ लाख संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा ३० लाख २७ हजार भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।

Advertisement