March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु, थपिए ८६ सय ७ जना संक्रमित

जेठ ७, काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । यस्तै ८६०७ जना संक्रमित थपिँएका छन् । २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

Advertisement