January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

मास्कको कालोबजारी गरेको आरोपमा फार्सेसी संचालक पक्राउ

मास्कको कालोबजारी गरेको आरोपमा फार्सेसी संचालक पक्राउ

जेठ ९, काठमाडौं ।
मास्कको कालोबजारी गरेको आरोपमा फार्सेसी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका– ९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी रहेको छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले सोही महानगरपालिका ७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका ७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्कसहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement