January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

थप १९३ जनाको मृत्यु, ७ हजार ९१४ जनामा संक्रमण पुष्टि

थप १९३ जनाको मृत्यु, ७ हजार ९१४ जनामा संक्रमण पुष्टि

जेठ ९, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार ९१४ जनामा संक्रमण देखिएको छ । आज १८ हजार ९६५ नमूनाको परीक्षण गराउँदा ७ हजार ९१४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबा थप १९३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको छ । यस्तै १ लाख १५ हजार ५४७ जना कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन् । ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा कोरोना संक्रमण देखिएको हो ।

Advertisement