January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते

बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते

जेठ १०, काठमाडौं ।
बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सोमबार बिहान ०९ः५० बजे जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित कलैया पिलुवा सडक खण्डको डकाहा भन्ने स्थानमा बस दुर्घटनामा परेको हो ।

रौतहटबाट बिहेको जन्ति लिएर जितपुरसिमरा उपमहानगरपालिका–२० बसडिल्वातर्फ जान लागेको ना.४ ख.४७४९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । घाइतेमध्ये ४ जना गम्भीर र ७ जना मध्यम घाइते छन् । उनीहरु लाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ ।

५ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । बस आफैं अनियन्त्रित भइ सडकको बायाँ साइडको खेतमा पल्टिएको थियो । बस चालक रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने ३० वर्षीय अकलेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement