January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

निषेधाज्ञा थप कडाः उल्लंघन गरे कैद, पाँच लाख रुपियाँसम्म जरिवाना

निषेधाज्ञा थप कडाः उल्लंघन गरे कैद, पाँच लाख रुपियाँसम्म जरिवाना


सरकारले निषेधाज्ञालाई थप कडा गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनलाई थप कडाई गर्ने भएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना गराउन प्रशासन क्षेत्र कृयाशिल हुँदा नगद जरिवाना तथा कैद सजाय दुवै बढेको बताए ।

Advertisement


उनका अनुसार मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । पूर्वनिर्धारित निषेधाज्ञाको समय सकिन दुईदिन बाँकी हुँदा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको हो । बैंठकले अध्यादेश द्धारा जारी नयाँ व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा थप निर्णय गर्ने तयारी गरेको छ ।

Advertisement


जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ मा निषेधाज्ञा उल्लंघन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ । नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ ।


नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा मात्रै प्रत्येक पटक दुई सय रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा दुई सय रुपैयाँ र चार पांग्रेको हकमा पाँच सय रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था उल्लेख गरेको छ । यसअघि पास नलिई सञ्चालन गरेका सवारीलाई होल्डिङ सेन्टरमा राखेर कारबाही गर्ने गरिएको थियो । त्यस्तै, उपत्यकामा अत्यावश्यक सेवाको लागि छुट दिएको वस्तु एवं समयलाई समेत व्यवस्थित गर्ने तयारी जिल्ला प्रशासन कार्यलयहरुले गरेका छन् ।