January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

थप १६९ जनाको मृत्यु, ८ हजार ६ सय ३६ जना संक्रमित थपिए

थप १६९ जनाको मृत्यु, ८ हजार ६ सय ३६ जना संक्रमित थपिए

जेठ ११, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६ सय ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मंगलबार २२ हजार ३ सय ६ पीसीआर र ६ सय ३० एन्टिजेन्ट परीक्षण गर्दा संक्रमित थपिएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६९ जनाको मृत्यु भएको छ । यस्तै ६ हजार ४ सय ४ जना निको भएका छन् । कुल संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ जना रहेका छन् भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ । हालसम्म कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ जना पुगेको छ ।

Advertisement