April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार दिउँसो भएको टेलिफोन वार्तामा चिनियाँ समकक्षीले सो खोप उपलब्ध गराउने जानकारी दिएका हुन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको कुराकानीमा राष्ट्रपति भण्डारी शितल निवास स्रोतले जनाएको छ । कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

Advertisement


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै सो जानकारी गराएकी हुन् । ‘आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिफिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन्’, राजदूत होउले लेखेकी छिन् ।

Advertisement

यसअघि चीनले नेपाललाई अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको थियो । दोस्रो चरणको कोभिड महामारी शुरु भएपछि अक्सिजन सिलिन्डरसहित विभिन्न सामग्रीहरु पठाएको सहयोग गरेको छ ।