August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

थप ६९३९ जना नयाँ कोरोना संक्रमित थपिए, ७२ सय २६ जना संक्रमण मुक्त

थप ६९३९ जना नयाँ कोरोना संक्रमित थपिए, ७२ सय २६ जना संक्रमण मुक्त

जेठ १३, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ । ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ७ हजार २ सय २६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२० हजार ४१४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ७३१ जनामा संक्रमण देखिएको हो भने ५७८ जनाको एन्टीजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण देखिएको हो । यस अवधिमा १ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मृतकको कुल संख्या ६ हजार ९ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ७६ छ ।