August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

थप ६९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ९८ सय ४१ जना संक्रमणमुक्त

थप ६९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ९८ सय ४१ जना संक्रमणमुक्त

जेठ १४, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । यही अवधिमा थप ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।