August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

बेलायत र अमेरिकाले नेपाललाई खोप दिने

बेलायत र अमेरिकाले नेपाललाई खोप दिने

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही सातापछि खोपहरू उपलब्ध गराउने बताएका छन् ।
ब्रिटेनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आवश्यकता महशुस गरिएका देशहरुमा आगामी सातादेखि खोप उपलब्ध गराइने बताएको वीवीसीले लेखेको छ ।

यूकेले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ ।

यसअघि अमेरिकाले नेपाल लगायत संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रिकन युनियनका सदस्यहरूका लागि फाइजर–बायोटेकको ५० करोड डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घोषणा गरेका हुन् । सन् २०२२ को जुनसम्म अमेरिकाले यी खोप ९२ देशलाई उपलब्ध गराउनेछ । अमेरिकी राष्ट्रपति बाइडेनले यो घोषणालाई महामारीविरूद्धको विश्वव्यापी लडाईमा ऐतिहासिक कदम भनेका छन् । एजेन्सी