August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

उपत्यकामा थप एक साता निषेधाज्ञा थपिने संकेत, निर्णय आइतबार हुने

उपत्यकामा थप एक साता निषेधाज्ञा थपिने संकेत, निर्णय आइतबार हुने

जेठ २८, काठमाडौं ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थपिन सक्ने संकेत देखिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुहरुले अनौपचारिक रुपमा केही खुकुलो पार्दै थप एक साता निषेधाज्ञा थपिन सक्ने संकेत गरेका हुन । गत १६ बैशाखदेखि जारी निषेधाज्ञाको पछिल्लो थप म्याद ३१ जेठमा सकिँदैछ । तीनवटै  जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच पुनः निषेधाज्ञा थप्ने विषयमा छलफल भइरहेको छ ।

हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने अवस्था रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको उनको भनाइ छ । निषेधाज्ञा लम्बाउने अवस्था आएपछि केही खुकुलो हुने बताइएको छ ।

उपत्यकामा पछिल्लो समय संक्रमण र मृत्युदर घट्दो क्रममा छ । तर, सरकारको प्रभावकारी स्वास्थ्य व्यवस्थापनको अभावमा जनजीवन सहज भएसँगै कोरोना संक्रमणको दर बढ्न सक्ने चिन्ता पनि सरोकारवालाले व्यक्त गर्दै आएका छन् ।

सरकारले निषेधाज्ञा मात्रै गर्ने र अन्य व्यवस्थापनमा ध्यान नदिएको भन्दै नागरिकस्तरमा सरकारी कदमको विरोध हुँदै आएको छ । अहिले उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प छन् ।