August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

पछिल्लो २४ घण्टामा २९सय १८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २९सय १८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु

जेठ ३१, काठमाडौं ।

पछिल्लो २४ घन्टामा  देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १४ हजार ८१९ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये नौ हजार ४३९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै, आज कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ४६५ पुगेको छ। पछिल्लो २४ घण्टामा पाँच हजार १४७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पाँच लाख ३६ हजार २५२ पुगेको छ। यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।