August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

सभामुख सापकोटा र स्वास्थ्यमन्त्री तामाङ सिन्धुपाल्चोक जाँदै

सभामुख सापकोटा र स्वास्थ्यमन्त्री तामाङ सिन्धुपाल्चोक जाँदै

असार २, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जाने भएका छन् । त्यहाँका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि उनीहरु बुधबार सिन्धुपाल्चोक जान लागेका हुन् ।

उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक  जान लागेको उनको सचिवालयले जनाएको छ । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

यस्तै मेलम्चीमा बाढी र पहिरोमा फसेकाहरूलाई नेपाली सेनाले हेलिकोप्टरबाटै उद्धार थालेको छ ।मेलम्चीको बाढीपछि एक होटलको छतमा बसेर ज्यान जोगाएका दुई व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेको छ । होटलको तल्लो तल्लाहरु बाढीले डुबाएपछि मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा बसेर ज्यान जोगाएका उनीहरूलाई हेलिकोप्टरमार्फत सेनाले उद्धार गरेको हो ।