March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कोरोना महामारीमा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुँदै

कोरोना महामारीमा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुँदै

देशभर कोरोना महामारीको उच्च जोखिम रहेको र नर्सहरूको थप खाँचो रहेकै समय देशभरका सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने भएका छन् । आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन् । जसले गर्दा ति अध्यान सस्था बन्द हुने भएका हुन् ।

चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नयाँ प्रवधानमा नर्सिङ कलेजको सय बेडको आफ्नै भवन हुनुपर्ने बाध्यकारी ऐन बनाएको छ । आयोगको चिकित्सा शिक्षा ऐन २०७५ अनुसार नर्सिङ विषय सञ्चालन गर्ने शिक्षालयहरूको आफ्नै सय बेडको अनिवार्य अस्पताल हुनुपर्ने व्यवस्था गरिएको छ ।

अवस्थामा चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नर्सिङ कलेजको सय बेडको आफ्नै भवन हुनुपर्ने बाध्यकारी ऐनका कारण कलेज बन्द हुने र तीन हजार ६ सय विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित बन्नेछन् ।

Advertisement