August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

थप २ हजार ७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त

थप २ हजार ७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त

असार ४, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप  ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।