September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

खुकुलो बन्दै निषेधाज्ञा, सामान्य बन्दै जनजीबन

खुकुलो बन्दै निषेधाज्ञा, सामान्य बन्दै जनजीबन

कोरोना (कोभिड–१९) सक्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै गएको हो ।कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै कतिपय जिल्लामा जारी निषेधाज्ञा क्रमशः खुकुलो पार्न थालिए पछि जनजीबन सामान्य बन्दै गएको हो ।

गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको हो । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइदै लगिएको छ ।

Advertisement

काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका छन् ।

तर काठमाडौँ उपत्यकाको हकमा भने अझै जारी निषेधाज्ञा खुकुलो बनाउन सक्ने अवस्था आई नसकेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

आर्थिक वर्ष अन्तिम महिनाको करलगायत हिसाबकिताब मिलाउनसमेत व्यापार, व्यवसायी नियमित कार्यालय जानुपर्ने भएकाले पनि स्वास्थ्य मापदण्डलाई ध्यान दिई खुकुलो गरिएको हो । जिल्ला प्रशासन कार्यालयहरुले जारी निषेधाज्ञाको पालना गर्दै विकास निर्माण, ढुवानीलगायत आर्थिक गतिविधि बढाउने कार्यमा अवरोध गरिएको छैन ।