August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

२ हजार ४४२ संक्रमित थपिए, ५१ जनाको मृत्यु

२ हजार ४४२ संक्रमित थपिए, ५१ जनाको मृत्यु

नेपालमा थप २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो।

६ हजार ६७७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१० हजार ९५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यो संख्या परीक्षण गरिएकोमध्ये २१.३ प्रतिशत हो।

छिल्लो २४ घण्टामा नेपालमा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ।  यस्तै, सोही अवधिमा २ हजार ४४२ जना संक्रमित थपिएका छन्।