August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

पछिल्लो २४ घण्टामा २४ सय २१ जना कोरोना संक्रमित थपिए, ८१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २४ सय  २१ जना कोरोना संक्रमित थपिए, ८१ जनाको मृत्यु

असार ९, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर २४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा १५११ जना र एन्टिजेन परीक्षणमा  ९१० जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

२४ घण्टामा देशभर ७ हजार ४६१ पिसिआर र  ४ हजार ९५३ गरी १२ हजार ४१४ परीक्षण भएको प्रवक्ता पौडेलले बताए । प्रवक्ता पौडेलका अनुसार २४ घण्टामा ३५५८ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५ ६ हजार ७९८ जना पुगेको छ।

देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेको पौडेलले जानकारी दिए । यसमध्ये होम आइसोलेसनमा ४७ हजार २८६ र संस्थागत आइसोलेसनमा ३ हजार २३४ जना संक्रमित छन् ।

कोरोना संक्रमणबाट २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । विगतमा विभिन्न समयमा कोरोनाबाट मृत्यु भएका र विवरणमा छुटेका थप २९ जनाको पनि विवरण प्राप्त भएको प्रवक्ता पौडेलले बताए । योसँग कोरोनाबाट मृत्यु हुनेको संख्यामा आज ८१ जना थपिएका छन्।  ।