September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

१२ हजार ५८५ नमुना परीक्षण गर्दा २६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

१२ हजार ५८५ नमुना परीक्षण गर्दा  २६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

असार २२, काठमाडौं ।

पछिल्लो २४ घन्टामा २६ सय ३४ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ। १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिनजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घन्टामा १५ सय ६५  जना कोरोनाबाट मुक्त भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ।