April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु

असार २४, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ३७४ जनाको पीसीआर परीक्षणबाट १ हजार २१८ र ५ हजार १०३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जना गरी जम्मा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २८६ जना कोरोना संक्रमित निको भएर  डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ। सोही अवधिमा  थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाले ज्यान गुमाएका थिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।