देशभर २३ सय ७० जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
असार २८, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा २३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार यो अवधिमा ७ हजार ६ सय ८९ जनाको पीसीआर गर्दा १६ सय ९० जनामा तथा ३ हजार ८ सय ९४ जना एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। आइतबार २० जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ४०० पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार १३३ जना निको भएका छन्। आइतबार एक हजार ५३३ जना निको भएका थिए। अझै पनि देशभर २६ हजार ७१२ जना सक्रिय संक्रमित छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० लाख ७९ हजार १९२ जनाले कोभिड १९ विरुद्ध खोप लगाइसकेका छन्। यस्तै, २६ लाख ११ हजार ८०७ जनाले पहिलो डोज लगाएका छन्।
प्रतिकृया दिनुहोस्