September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

साउन ५, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ जनाको स्वाब परीक्षण गर्दा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये आठ हजार ८३६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०२ जनामा र चार हजार २९९ जनाको एन्टिजन परीक्षण गर्दा ९०६ जनामा कोरोना देखिएको हो।

Advertisement

त्यस्तै, कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ। सोमबार ३२ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६०७ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ५९५ जना निको भएका छन्। सोमबार एक हजार २५८ जना निको भएका थिए। अझै २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन्।