September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

भारतमा ४१ करोड ७८ लाखले लगाए कोरोना खोप

भारतमा ४१ करोड ७८ लाखले लगाए कोरोना खोप

साउन ७, काठमाडौं ।

भारतमा पछिल्लो २४ घन्टामा थप ४१ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै सोही अवधिमा ५ सय ७ जनाको मृत्यु भएको छ। यसका साथ देशमा कोरोना भाइरसको कुल संक्रमितको संख्या तीन करोड १२ लाख भन्दै धेरै भएको छ भने ४ लाख १८ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ लाख ९ हजार ३ सय ९४ पुगेको छ। अहिलेमसम् भारतमा ४१ करोड ७८ लाख भन्दा बढीले भ्याक्सिन लगाएका छन्। भारतमा कालो ढुसीको संक्रमण बाट  ४ हजार भन्दा बढीको मृत्यु भएको छ। कोरोनाका बिरामीहरूलाई सङ्क्रमण गर्ने यो रोग बाट ४ हजार ३०० जनाको मृत्यु भएको हो

Advertisement