September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

संक्रमणदर बढ्यो‚ अक्सिजन र शय्या चुस्तदुरुस्त राखौं : स्वास्थ्य मन्त्रालय

संक्रमणदर बढ्यो‚ अक्सिजन र शय्या चुस्तदुरुस्त राखौं : स्वास्थ्य मन्त्रालय

 साउन ७, काठमाडौं ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

Advertisement

 निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ । अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको भन्दै खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरिएको छ । ‘संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न/गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन‚ शय्यालगायतका पूर्वाधारहरू तथा सेवाहरू चुस्तदुरुस्त राख्नहुन अनुरोधसमेत छ ।’