September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

साउन १२, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घन्टामा नेपालमा थप ३८ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १७ हजार ५१८ नमूना परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  १२ हजार ६ सय ५५ नमूनाको पीसीआर र ४ हजार ८ सय  ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये २७ सय २६ जनाको पीसीआरबाट र ११ सय ७३ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।

Advertisement

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ। मंगलबार थप १७ सय ७८ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४.४ प्रतिशत हो। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७७४ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४७५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १३२ र ललितपुरमा १६७ संक्रमित थपिएका छन् । देशभर अहिले ३५६ जना क्वारेन्टाइनमा छन्  ।  नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ८३६ पुगेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ८९८ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार ९३८ रहेका छन् ।