September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु

थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु

साउन १४, काठमाडौं ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। १४ हजार २४२ नमूना परीक्षणमा ३३ सय ६५ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो। विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ९५ सय ५५ नमूना र एन्टिजेन विधिबाट ४६ सय ८७ नमूनाको परीक्षण गराउँदा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

मन्त्रालयका अनुसार २३ सय ३५ नमूनाको पीसीआरबाट र १ हजार ३० नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घन्टामा १३ सय ७३ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट बिहीबार थप १६ जनाको मृत्यु भएको छ।  यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना पुष्टि भएको हो।