September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

काेराेना संक्रमण बढ्न थालेपछि सीसीएमसीकाे बैठक बस्दै

काेराेना संक्रमण बढ्न थालेपछि सीसीएमसीकाे बैठक बस्दै

साउन १५, काठमाडौं ।

कोरोना संक्रमण बढ्न थालेपछि सीसीएमसीको बैठक बस्ने भएको छ। पछिल्ला केहीदिन यता लगातार कोरोना संक्रमण बढिरहेको छ। कोरोना संक्रमण बढ्नेसँगै तेस्रो लहरको पनि बहस सुरुभएपछि सीसीएमसीको बैठक बस्न लागेको हो। शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।  सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेपछि पहिलो पटक सीसीएमसीको बैठक बस्न लागेको छ। यसअघि नै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण तथा रोकथाम हुने बताइसकेका छन्। लामो समयदेखि डिसीसीएमसीले गरेको निषेधाज्ञा व्यवस्थित गर्दै खुकुलो भएको छ। अझै पनि धेरै भीडहुने फिल्महल, स्वीमीङ, दोहोरीसाझ, रेष्टुरेण्ट लगाएतका व्यवसायहरु खुल्न सकिरहेका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।