February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

एकैदिन थपिए ३६ सय ११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

एकैदिन थपिए ३६ सय ११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

साउन १५, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घन्टामा थप ३६ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। १४ हजार ६६२ नमूना परीक्षणमा ३६ सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ९७ सय ८३ नमूनाको पीसीआर र ४८ सय ७८ नमूनाको परीक्षण गरिएको थियो। जसमा २४ सय ६७ जनाको पीसीआर र ११ सय ४४ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

Advertisement

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८ सय १६ जना कोरोनाबाट मुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ। यस्तै शुक्रबार कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार आठ सय ३४ पुगेको छ।