September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

थपिए २५ सय ६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

थपिए २५ सय ६८ जना  कोरोना संक्रमित, १८ जनाको मृत्यु

साउन १७, काठमाडौं ।

पछिल्लो २४ घन्टामा थप २५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १२ हजार ६३६ नमूना परीक्षणमा २५ सय ६८ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४ सय २ नमूनाको पीसीआर र ४२ सय ३४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा १९ सय८१ नमूको पीसीआर र ५८७ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

Advertisement

यस्तै आइतबार थप २ हजार २० जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ।  निको हुने दर ९४.१ प्रतिशत हो। मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट थप १८ जनाले ज्यान गुमाएका छन्। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८,५१ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ७९७ पुगेको छ ।

आज देशभर होम आइसोलेसनमा २८ हजार ६३, संस्थागत आइसोलेसनमा ३ हजार २३५, आईसीयूमा ६७७ र भेन्टिलेटरमा १६९ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।