September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

थप ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

थप ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

साउन १८, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर ३१ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् । यो संगै हालसम्म ६ लाख ५८ हजार १२२ जना निको भएका छन् । सोमबार थप २३ जनाको मृत्यु भएको छ ।

हालसम्म मृतकको कुल संख्या ९ हजार ८९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ। सक्रिय संक्रमितमध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् ।