April 30, 2025, Wednesday
[nepali_today_date]

बर्ड फ्लूले कुखुरा व्यवसाय ध्वस्त


बर्ड फ्लूको कारण पहिलोपटक नेपालमै एक व्यक्तिको मृत्यु भएको सरकारले नै पुष्टि गरेपछि कुखुराको मासु र अण्डाका पारखी यस्को सेवन गर्न छाडेका छन् । बजारमा बर्ड पलुको हल्लासँगै कुखुराको मासु र अण्डा खपतमा ब्यावक कमी आएको छ । पोल्ट्री व्यवसायमा लागेका हजारौं साना÷ठूला लगानीकर्ता यतिबेला अन्यौलमा छन् । रोग संक्रमणको डर आफ्ना उपभोक्तामा उब्जेपछि साना र मझौला एवं ठूला व्यावसायी यस क्षेत्रमा थप लगानीका लागि हच्किएका छन् । सामान्य अवस्थामा भन्दा बर्ड फ्लूबाट मानिसको मृत्यु भएको हल्लापछि ३० प्रतिशतले मासुको खपत घटेको छ । व्यवसायीहरु थप चल्ला पाल्ने कि नपाल्ने भन्ने दोधारमा रहँदा कुखुराको चल्लाको मूल्यमा पनि भारी ह्रास आएको छ । अरुबेला ८५ रुपैयाँ पर्ने कुखुराको चल्ला अहिले ३० रुपैयाँमा झरेको छ । तत्काल कुखुराको मासुको मूल्यमा ह्रास नआए पनि ग्राहकमा त्रास र व्यवसायीमा जोखिम लिन नचाहने प्रवृत्तिले यो क्षेत्र धरासायी अवस्थामा पुगेको छ । यतिखेर माशु मात्र होइन अण्डाको खपत पनि घटेको छ । नेपालमा सरदर दैनिक २६ देखि २७ लाख अण्डा उत्पादन हुनेमा उत्पादन भएपनि त्यसको भाउ पाउन सकेको छैनन् । प्रतिगोटा १३ रुपैयाँमा बिक्री भइरहेको अण्डा बर्ड फ्लूको हल्लाले यतिबेला ६ रुपैयाँ १५ पैसामा झरेको छ । अण्डा र कुखुराको मासु उत्पादनमा नेपाल आत्मनिर्भर मात्रै होइन, निर्यात गर्ने क्षमतामै रहेको यो ब्यावासय यतिखेर बर्ड पलूको त्रासमा नराम्ररी प्रभावित भएको छ ।

Advertisement