नेपाल कोरोना भाइसरको उच्च जोखिममा, यसबाट कसरी बच्ने ?
माघ १०, काठमाडौँ ।
चीनको हपेई प्रान्तस्थित वुहान सहरमा पहिलो पटक फेला परेको कोरोना भाइरसले विश्वभर यतिखेर चिन्ताको बिषय भएको छ । विशेषता चिसोको समय बढी सकृय हुने यो भाइरसले मानिसको नाक र घाँटीमा आक्रमण गर्छ ।
विश्व स्वास्थ्य संगठनले भाइरसको विषयमा आपत्कालीन बैठक बोलाइसकेको छ । बिहीवार सम्ममा यो भाइरसबाट मृत्यु हुनेको संख्या १७ पुगिसकेको छ । मृत्यु हुनेमा अधिकांस बृद्धा पुरुष रहेका छन् । करीब ५०० मानिसहरुमा भाइरसको संक्रमण देखिएको छ । मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसको संक्रमण अन्त्य गर्ने उपाय अझैसम्म थाहा लागेको छैन् ।
कोरोना भाइसरको लक्षण सामान्य रुघाखोकीको जस्तै हुन्छ । संक्रमण नियन्त्रण नभएमा बिरामीको श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु हुन्छ । रोगको खास उपचार छैन ।
सार्सकै नयाँ प्रजाति
हाल भेटिएको भाइरस सन् २००२–२००३ मा चीन र हंङकङमा फैलिएको सार्स प्रकोपको भाइरसको एक प्रजाति भएको अनुसन्धानकर्ताको दाबी छ । सार्सजत्तिनै खतरनाक नभए पनि भाइरसले कुनै समय आफ्नो जिनमा परिवर्तन गर्न सक्ने भएकाले विज्ञ चिन्तित छन् । सार्स भाइरसको संक्रमणबाट ७५० मारिएका थिए । जनावरबाट मानिसमा सरेको अनुमान गरिएको यो भाइसर सर्पकोमाध्यमा बाट मानिसमा सरेको अनुमान गरिएको छ । चीनको नेसनल हेल्थ कमिसनले केही समयअघि भाइरसलाई नियन्त्रण गर्न सकिने दाबी गरेका थिए । तर, हालसम्म संक्रमण भने बढिरहेको छ । यद्यपि, महामारीको रूप भने लिइसकेको अवस्था छैन ।
लक्षण ः रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोनाभाइरसका लक्षणहरु ज्वरो आउने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकि लाग्ने लगायत रहेका छन् । उनले भने, ‘कोरोना भाइरसले रुघाखोकी गराउँछ । श्वासप्रश्वास प्रणालीमा असर गर्छ । ’
सर्ने तरिका ः सामान्य रुघाखोकी जस्तै यो भाइरसको संक्रमण भएको व्यक्तिसँगको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा भाइरसको संक्रमण हुने गर्छ ।
बच्ने उपाय ः अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन । यो भाइरसबाट बच्न भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहनु हो ।
नेपाल पनि उच्च जोखिममा
हालसम्म यो भाइरसका कारण चीनमा ६ जनाको मृत्यु भइसकेको छ । रहस्यमयी भनिएको यो भाइरस चीनका वुहान र साङ्घाई लगायतका शहरहरुमा फैलिरहेको छ । हालसम्म चीनमा मात्रै ३०० भन्दा बढी मानिसहरुमा यो भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरस सरूवा रोग भएको पुष्टि, संकटकाल घोषणा हुनसक्ने थाइल्याण्ड, जापान र दक्षिण कोरियासम्मका नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ । वुहानबाट अमेरिकाको सियाटल शहर पुगेका अन्दाजी ३५ बर्षीय व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिकाले कोरोना भाइरस आफ्नो देशमा फैलिएको पहिलो घटना दर्ता गराएको छ । अमेरिका पुगेको यो भाइसर नेपालमा अझ झन त्रीब रुपमा फैलिने अनुमान गरिन्छ । नेपालको सिमाना चीनसित जोडिएकोले गर्दा नेपालमा यस्को उच्च जोखिम क्षेत्र मानिन्छ ।
नेपालमा चिनियाँ पर्यटक तथा अन्य संक्रमण फैलिएका देशका पर्यटक आइरहेका छन् । सरकारले एयरपोर्टमा २ जना स्वास्थ्यकर्मी राखेको छ । त्यहाँ रोग लागेको तुरुन्त पत्ता लगाउने कुनै संयत्र छैन । कोरोना भाइरस हवाइजहाज चढेर तथा इमिग्रेसन पास गरेर नेपालमा आउने सम्भावना धेरै छ । तसर्थ एयरपोर्टमा चौबिसै घण्टा प्रभावकारी परीक्षण र शंकास्पद यात्रुलाई सिधै टेकु अस्पताल लैजाने ब्यवस्था मिलाउनु जरुरी छ ।
नेपालमै परीक्षण हुने
नव स्वास्थ्यलाई असर गर्ने नयाँ प्रकृतिको मानिएको कोरोनाभाइरस परीक्षणका लागि विदेश जान नपर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमै यो भाइरसबाट शंकास्पद मानिएका विरामीहरुको नमुना परीक्षण गर्न सकिने प्रबिधी तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरस परिक्षणका लागि आबश्यक केमिकलहरु एक हप्ताभित्र नेपाल आइपुग्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । शंकास्पद विरामीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै परिक्षण गर्न सकिन्छ । यस्को परिक्षण पोलीमराइजेसन चेन रियाक्सन प्रविधी (पि.सी.आर) बाट गरिन्छ । तर, भाइरस अनुसार फरक फरक केमिकलको आवश्यकता पर्छ । भाइरस परिक्षणका लागि आवश्यक जनशक्तीहरु प्रयोगशालाले तयारी अवस्थामा राखेको छ । परिक्षण गर्दा कोरोना भाइरसको इन्फेक्सन देखिए टेष्ट गर्दा पोजेटीभ देखिने चिकीत्सकहरु बताउँछन् ।
कोरोना ७ औ प्रजाति
कोरोना भाइरस थुप्रै प्रकारका हुने भए पनि मानिसमा भने यसअघि यसका ६ प्रकारको संक्रमण पाइएको छ । नयाँ देखिएको भाइरसलाई मानवमा संक्रमणका हिसाबले कोरोनाको सातौँ प्रकारका रूपमा हेरिएको छ । जेनेटिक कोडको विश्लेषणबाट यो ‘सार्स’ भाइरसको तुलनामा मान्छेमा चाँडो संक्रमण गर्ने खालको रहेको पाइएको छ । चिकीत्सकका अनुसार ‘सार्स’ नामको कोरोना भाइरस निकै खÞतरनाक मानिन्छ । सार्सका कारण चीनमा २००२ मा ८ हजार ९८ जनामा संक्रमण देखिएको थियो भने ७ सय ७४ जनाको यही भाइरसका कारण ज्यान गएको थियो ।
प्रतिकृया दिनुहोस्